बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानीहरुले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोप लगाएका छन् ।
जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले सो आरोप लगाएका हुन ।

नेतन्याहुले इजरेलले गोली हानेर खसालेको भनिएको इरानी ड्रोन आफ्नो हातले उचालेर देखाएका थिए।

नेतन्याहुले इरानी विदेश मन्त्री मोहमद जाबेद जरिफ तर्फ संकेत गर्दै सोधे – ‘तपाईँले यो चिन्नु पर्छ। यो तपाईँकै हो।’

इरानी विदेश मन्त्री जरिफले भने नेतन्याहुको आरोप ‘कार्टुन जस्तै’ भएको टिप्पणी गरेको बिबिसीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया