शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

सुर्खेत  – प्रदेश ६ मा एमाले र माओवादीले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय लिने भएको छ ।

माओवादीले यस अघि नै दुई मन्त्रीहरुको टुङ्गो लगाइसकेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नरेश भण्डारीलाई र सामाजिक विकास मन्त्रालय विमला केसीलाई मन्त्री बनाउने सहमति भएको माओावादीका एक सांसदले जानका दिनुभयो ।

यसअघि माओवादीले आर्थिक तथा तथा योजना मन्त्रालय दावि गरेपनि अन्तमा एमालेले नै लिएको छ । यस्तै एमालेले आर्थिक तथा तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेले लिने भएको  छ ।

मन्त्रीहरुको लागि छलफल भइहरेको एमाले संसदिय दलका नेता यामलाल कंडेलले जानकारी दिनु भयो । एमाले स्रोतका अनुसार मन्त्रीका लागि दल रावल, खड्क खत्री, प्रकाश ज्वाला निश्चित भएको बताइएको  छ ।

प्रदेश ६ मा एमाले ४ र माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्री  लिने सहमति भएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज नै मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको  छ ।

तपाईको प्रतिक्रिया