शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ ।

संसदीय दलकाे कार्यलय सिहदरबारमा अहिले केहिबेरमा बस्ने बैठकमा नेकपा एमाले संगकाे पार्टी एकता र सरकारमा सहभागीका बारेका छलफल हुनेछ ।

माओवादी केन्द्रले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउँदै अाएकाे छ ।

पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी माअाेवादी अडान छ ।

सरकार गठन प्रक्रियामा नेकपा माओवादी केन्द्र सरकारमा नगएको विषयमा टिप्पणी भैरहेका बेला माओवादी केन्द्रकाे संसदीय दलको बैठकलार्इ महत्वका साथ हेरिएकाे छ ।

तपाईको प्रतिक्रिया