मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ– पाकिस्तानको एक अदालतले ६ वर्षीया बालिका जैनब अन्सारी बलात्कार तथा हत्याको आरोपमा अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको छ ।

४ जनवरीमा कुरानको कक्षाबाटै गायब भएकी थिइन जैनब अन्सारी । जैनबलाई अन्तिम पल्ट एउटा सीसीटीभी फुटेजमा एक जना पुरुषको हात समातेर जाँदै गरेको देखिएको थियो । केही दिनपछि उनको शव फोहोरको थुप्रोमा भेटियो ।

यो घटनापश्चात पाकिस्तानका कैयौं शहरमा हिंसात्मक प्रदर्शन पनि भए ।  प्रदर्शनमा दुई जनाको ज्यान पनि गयो । जैनबको बुवा कडा सुरक्षका साथ अदालतमा फैसला सुन्न आएका थिए ।

पाकिस्तान प्रहरी तथा पञ्जाबका मुख्यमन्त्रीले जैनबको हत्या गर्ने इमरान  गएका वर्षमा भएका बाल यौन शोषणका घटनामा पनि संलग्न भएको बताएका छन् ।
इमरान अलीविरुद्धको आरोपको सूचीमा एक वर्ष पुरानो घटना पनि रहेको छ ।

यस विषयमा स्थानीय नागरिक आक्रोशित भएका छन् भने प्रहरीलाई छिटो कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरिरहेका छन् ।

सरकारी वकिल एहतिशाम कादिरले समाचार संस्थालाई रोयटर्ससँग कुरा गर्दै अलीलाई अरु घटनामा पछि सुनुवाई हुने बताएका छन् । अलीलाई अपहर, बलात्कार, हत्या तथा आतंकवादका मामिलामा चार मृत्युदण्ड र गुदामैथुनका विषयमा जन्मकैद तथा ३२ लाख जरिवाना तोकिएको छ ।

कसरी समातिएका थिए इमरान ?

इस्लामाबादमा रहेकी बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इमरान अली कसुर शहरमा बस्छन् । इमरानलाई पक्राउ गर्न प्रहरी लगायत गप्तचर संस्थाहरु ल्गातार अनुसन्धानमा जुटेका थिए । अनुसन्धानकै क्रममा जैनबको घरबाट साढे दुई किलोमिटर वरपर बस्ने २० देखि ४५ वर्षका सबै पुरुषको डिएनए परीक्षण गर्ने तयारी गरिएको थियो ।

हत्यारासम्म पुग्न जम्मा ११५० जना पुरुषको डिएनए परीक्षण गरिएको थियो । इमरानको डिएनए जैनबको बलात्कारको घटनामा मात्रै होइन, केहीसमयदेखि त्यस क्षेत्रमा भएका बलात्कार र हत्याका घटनासँग पनि म्याच भएको थियो ।

तपाईको प्रतिक्रिया