शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा उमाले र नेकपा माओवादी केन्द्रबीच एकताको खाका निर्माणमा सहमति हुन नसक्दा पार्टी एकीकरणमा ढिलाई भएको छ ।

माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

पार्टी एकताबारे अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर रुपमा छलफल जारी रहेको छ ।  तर दुवै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसँग एकीकरणका लागि भईरहेको गृहकार्यबारे केहि बताएका छैन ।

तपाईको प्रतिक्रिया