शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ ।

गएराति भएको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २-० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।

जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान भेटाउनेछ ।ला लिगाअन्तर्गत गएराति भएका अरु खेलमा भ्यालेन्सिया, सेभिया र आलाभेज विजयी भएका छन् ।

भ्यालेन्सियाले मालागालाई २-१ ले हराउँदा सेभियाले लास पाल्मासलाई २-१ ले तथा आलाभेजले डेपोर्टीभो लाकोरुनालाई १-० ले हराएको छ । गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ ।

एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा रहँदा ४६ अंक जोडेको भ्यालेन्सिया तेस्रो तथा ४२ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया