शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

गोरखा – गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् ।

विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।

कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको औँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए ।हातै नचल्ने अवस्था भएपछि सार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो । काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए ।

१८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन् । ‘साथीहरूले आमा बिरामी भएर नआएको हो, नकुट्नुस्भन्दा आमा बिरामी भनेर स्कुल नआउन पाइन्छ भन्दै कुट्नुभयो,’ पीडित कार्कीले भने ।

काका सूर्यबहादुरले सुपारे विद्यालय आउन नपाएको भन्दै उनका साथीहरूलाई स्कुलमा चिठी पठाए पनि शिक्षक तिमल्सिनाले कुटपिट गरेको बताए ।

ढिला गरेको भए हातै काट्नुपथ्र्यौः चिकित्सक

कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा. दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताउनुभयो ।

‘सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,’ डा. श्रेष्ठले भन्नुभयो, ‘पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ ।

 

तपाईको प्रतिक्रिया