बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – एक दम्पतिले काठमाडौंको केन्द्रभागमा रहेको कान्तिपथस्थित घर र त्यसले चर्चेको तीन रोपनीभन्दा बढी जग्गा एउटा आँखा अस्पताललाई दान दिएका छन्।

दान दिने दम्पति हुन श्रीजंग शाह र रुद्रकुमारी शाह। सरकारी मूल्याङ्कनमा २१ करोड भन्दा बढी मूल्यपर्ने उक्त सम्पतिको बजार मूल्य त्यो भन्दा निकै बढी रहेको बताइन्छ।

९३ वर्षिय शाह श्रीजंग शाहले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दशकअघि आफ्ना माता-पिताले दान दिएको नेपालगञ्जस्थित घर-जग्गामा रहेको फत्तेबाल आँखा अस्पताललाई उक्त घरजग्गाको हक हस्तान्तरण गरिदिएको बिबिसीले जनाएको छ। ***

तपाईको प्रतिक्रिया