शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कैलाली – एकीकृत पार्टीमा पदीय व्यवस्थापन र सरकार समिकरणबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज ‘वान टु वान’ वार्ता हुँदैछ ।

विवादित बिषयहरुमा प्याकेजमै सहमती गर्ने जनाएका दुबै दलले आजको बैठकबाट त्यसको टुंगो लगाउने तयारी गरेका हुन् ।  माओबादी केन्द्रका अध्यक्ष दाहाल मध्यान्ह महोत्तरी जाने भएकाले त्यसअघि नै छलफल हुने माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

एमाले नेता एबम एकता कार्यदल संयोजक सुबास नेम्वाङका अनुसार आजको छलफलले बिवादित बिषयमा ठोस सहमती गर्नेछ ।  त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्तमा दुई पार्टीबीच केहि मतभेद देखिएपनि मध्यमार्गी निकासका लागि पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्याकेजमै सहमती गरेपश्चात मात्र माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने तयारी गरेकाले सम्भवत आजको बैठकमै त्यसको किनारा लाग्ने सम्भवना छ । दुई अध्यक्षबीचको वान टु वान छलफल पछि एकता कार्यदलको बैठक बस्ने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया