शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

 

काठमाडौँ – साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्यको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार विमोचन गर्नुभएको छ ।

स्याङ्जा साहित्य परिषद्को आयोजनामा परिषद्का अध्यक्ष डा महेश्वर शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्राध्यापम डा सुकुम शर्माले महाकाव्यकारको कृतित्व र व्यक्तित्व तथा समीक्षकद्वय ईश्वरचन्द्र ज्ञवाली र देवी सुवेदीले विमोचित महाकाव्यबारे टिप्पणी गर्नुभएको थियो ।

विसं २०११ मा स्याङ्जाको ज्याग्दी खोलामा जन्मनुभएका लम्सालको यो आठौँ सिर्जनात्मक कृति हो ।स्याङ्जा ज्याग्दी खोला क्षेत्रमा करीव साढे तीन दशकसम्म शैक्षिक जागरणमा बिताउनुभएका लम्साल जनप्रिय माविका पूर्वप्रधानाध्यापक र जनप्रिय माविको संस्थापक प्राचार्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया