शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई आज अन्तिम रुप दिँदैछ ।

एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा  गठित कार्यदलले सरकारको प्राथमिकताहरु निर्धारण गर्न लागेको हो । कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा विहान साढे ९ वजेपछि बस्ने गौतम बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको थियो । कार्यदल सदस्य एवं अर्थविद् डा युवराज खतिवडाले सरकार गठनअघि नै बुझाउनुपर्ने भएपनि ढिलाई भएकाले आज अन्तिम रुप दिइने बताउनुभयो ।

सो कार्यदलले अघिल्लो सरकारले गरेका केही निर्णयलाई खारेजी गर्न सुझाव दिने बताएको छ । सरकारी कामको प्रक्रिया लम्बिनुमा सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो भएको निश्कर्ष निकाल्दै कार्यदलले यसको अवघि छोट्याएर फास्ट ट्रयाकमा काम गर्ने खालको विधी बनाउनुपर्ने निश्कर्ष निकालेको छ ।

यस्तै सहकारीको अधिकार बढाउनुपर्ने, पछिल्लो शिक्षा ऐनले निजी विद्यालयलाई बढी प्राथमिकता दिएकाले अब सहकारी विद्यालयलाई पनि प्रर्वद्धन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया