बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सिन्धुली  – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ ।

सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले  मृतकको सनाखत भइनसकेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते यात्रुहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सिन्धुली अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले अस्पतालमा १६ जना घाइते यात्रु ल्याइएको र घाइतेमध्ये गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया