शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेक्सीको – मेक्सीकोको दक्षिणी सहरमा ‘भ्यालेन्टाइन डे’को अवसरमा आयोजित समारोहमा एक जना बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार अपरान्ह साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारका सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ।

नगरप्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका उक्त पत्रिकाले जनाएको छ। सो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो। त्यस ‘डान्स पार्टी’मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन।

परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदायको प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर टाढा बसोबास रहदैँ आएको छ। सो क्षेत्रमा उनीहरुका करिब तीन हजार तीन सय परिवार बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया