बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अमेरिकी सिनेटमा प्रस्तावित डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका सम्बन्धि विद्येयक पारित नभएसँगै झण्डै २० आप्रवासी युवालाई वैधताको बाटोमा लैजाने प्रयास असफल छ ।

डाकासम्बन्धि दुईवटै विधेयक सिनेटमा पारित हुन नसक्दा बाल्यकालमै अमेरिका पुगेका झण्डै २० लाख कागजपत्रविहिन आप्रवासी युवालाई कानूनी प्रक्रियाअनुसार नागरिकता उपलब्ध गराई वैधताको बाटोमा लैजाने प्रयास असफल भएको हो ।

योसँगै मार्च ५ मा खारेज हुने प्रक्रियामा रहेको डाका अन्तर्गत रहेका युवाहरुको भविष्य थप अन्योलग्रस्त भएको छ । सिनेटमा दुईवटा विधेयक पेश गरिएका थिए । जसअन्तर्गतको एउटा विधेयकमा डाका र सिमा सुरक्षा सम्बन्धि विषय समेटिएको थियो ।

डेमोक्र्याट र रिपब्लिकन सिनेटरहरुको सम्झौतापछि आएको सो विधेयकमा राष्ट्रपति ट्रम्पले विरोध जनाएका थिए ।  रिपब्लिकन सिनेटरहरुले पेश गरेको अर्को विधेयकमा डाका, सिमा सुरक्षा, डीभी लोटरीको अन्त्य र परिवारमा आधारित ग्रिनकार्डको अन्त्यबारेको विषय समेटिएको थियो  ।

जसमा ट्रम्प प्रशासनको पूर्ण समर्थन प्राप्त थियो । तर सिनेटमा प्रस्तावित दुवै विधेयक पारित भएनन् । डिभी लोटरी सहितका आप्रवासनसम्बन्धि यी ४ महत्वपूर्ण विद्ययेक अमेरिकी सिनेटबाट पारित हुन नसक्दा अध्यागमनको क्षेत्रमा अन्योल बढेको छ ।

डीभी लोटरी अन्तर्गत वार्षिक ५० हजार विदेशीलाई अमेरिका प्रवेशको बाटो खुला गरिएको छ । यस्तै परिवारमा आधारित ग्रिनकार्ड अन्तर्गत अमेरिकामा ग्रिनकार्ड प्राप्त गरिसकेकाले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्ने प्रावधान रहेको छ ।

यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रावधानको विरोध गर्दै खारेज गर्ने प्रस्ताव अघि सार्नुभएको थियो । विधेयक पारित नहुँदा त्यहाँ बस्दै आएका नेपालीलाई भने राहत मिलेको छ । डीभी परेर अमेरिका पुग्ने विदेशीमध्ये नेपाली अग्र स्थानमा रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया