शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आफ्नै पार्टीको निरन्तर दवाव आएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनमा दिएका छन् ।

टेलिभिजन कार्यक्रममा बोल्दै जुमाले आफूले पद छोड्ने बताए । जुमाले पार्टीको निर्णयमा आफू असन्तुष्टि रहेको पनि बताएका छन् । एएनसी पार्टीले बुधबार उनलाई राजीनामा दिनुपर्ने वा राजीनामा नदिएमा सांसदको मतको सामना गर्नुपर्ने बताएको थियो । गएकाे मंगलबार मात्रै उनकाे सर्वसाधाराणले उनकाे राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए ।

७५ वर्षका जुमालाई उनको पार्टीले उप–राष्ट्रपति रामाफोसालाई एएनसीको नयाँ नेता बन्ने बाटो खोलिदिन आग्रह गरेको थियो । सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भष्ट्राचार र घुस लिएको आरोप लागेको छ । बुधबार मात्रै प्रहरीले जुमाका निकट मानिले गुप्ता परिवारको घरमा छापा मारेको थियो ।

जुमाले राजीनामा दिनुभन्दा अगाडि आफ्नो भाषणको सुरुमा पत्रकारहरुतिर फर्केर हाँस्तै किन गम्भीर बन्नुभएको भनेका थिए । त्यपछि उनले आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताएका थिए ।

‘मेरो कारण कसैले ज्यान नगुमाउन र पार्टी विभाजन पनि नहोस’, जुमाले भने, ‘तत्कालको समस्याका कारण मैले राजीनामा दिने निर्णय गरेको छु । मैले पद छाडे पनि अफ्रिकन जनताको लागि म काम गरिरहनेछु ।’

तपाईको प्रतिक्रिया