बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

त्रिपोली – गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ । अर्कै अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका मध्ये अरू ७५ जना घाइते भएको स्थानीय स्वास्थ्यकर्मीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् ।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिनुभयो ।

उहाँले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह पनि गर्नुभएको छ ।  अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

“गम्भीर घाइते केहीलाई हामीले नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरेका छौँ,” अल मर्बौकले भन्नुभयो । बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया