प्रदेश -५ को मुख्यमन्त्रीमा शंकर पाेखरेल नियुक्त: भोलि सपथ

काठमाडौं – पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नभएको हो ।

दाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पोखरेल वाम गठवन्धनको तर्फवाट मुख्यमन्त्रीका उम्मेदवार बन्नुभएको थियो । सम्विधानको धारा १६८ को उपधारा (२) वमोजिम प्रदेश प्रमुख झाले नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो । भोलि मुख्यमन्त्रीको सपथ ३ बजे राखिएको छ ।

सपथपछि मन्त्रिपरिषको बैठक बस्ने छ। त्यस पश्चात पदभारको कार्यक्रम राखिएको छ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित