स्थायी कमिटि बैठक सकियोः ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय

काठमाडौं – एमाले स्थायी समिति बैठकले केपी ओली र पुष्पकमल दाहालबीच भएको छबुँदे सहमति अनुमोदन गर्दै केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ।

ललितपुरको मानभवनमा बसेको स्थायी कमिटिको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो । एमाले स्थायी समिति बैठकमा एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । आजै एकताका सबै विषय टुंग्याउने गरी छलफल चलिरहेको छ।

निर्वाचन आयोगले आज राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी गर्ने निर्णय पनि एमालेले गरेको छ । बहुमतको दावी गर्दै पार्टीकातर्फबाट राष्ट्रपतिलाई पत्र बुझाइने छ ।

बैठकमा माओवादीसँग पार्टी एकताको विषयमा भएका सहमतिबारे ओलीले स्थायी कमिटिका सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । स्थायी कमिटिमा भएको छलफलका आधारमा अध्यक्ष ओलीले पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको अन्तिम अडान राख्नुहुनेछ । एमालेका स्थायी कमिटिको बैठक सकिएलगत्तै पार्टी एकता संयोजन समितीको बैठक पनि ललितपुरको मानभवनमा बस्दैछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित