एकता संयोजन समिति बैठकअघि एमाले स्थायी समिति जारी

काठमाडौं  – दुई बामबीच पार्टी एकता संयोजन समिति बैठक बस्नुअघि ललितपुरमा एमाले स्थायी समितिको बैठक चलिरहेको छ ।

पार्टी एकताका विषयमा अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ता गरिरहेको मानभवनस्थित निजी घरमा बैठक बसेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको ६ बुँदे सहमतिलाई एमाले स्थायी समितिले अनुमोदन गरेपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।

आजै पार्टी एकता टुंग्याउने गरी काम भइरहेको एक एमाले नेताले बताउनुभयो । बिहान मा‌ओवादीको शीर्ष बैठकले पार्टी एकताका लागि दुई अध्यक्षबीच भएको ६ बुँदे सहमति पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित