बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि घूस लिएको, धोका दिएको र विश्वासघात गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ । तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गरेका छन् ।  उनले आफू प्रधानमन्त्री मै रहने बताए ।

प्रधानमन्त्री नेतन्याहूमाथि इजरायलको पत्रिका ‘येडियत अहरोनोट’ पत्रिकाका मालिकलाई विपक्षीलाई दबाब दिने गरी समाचार प्रकाशन गर्न र आफ्नो सकारात्मक कुरा मात्र छाप्न दबाब दिएको बताइएको छ ।

प्रहरीले भने ‘येडियत अहरोनोट’ का सम्पादक आरनन मोजेफमाथि पनि मुद्दा चलाइनुपर्ने जनाएको छ । सन् २००९ मा इजरायलका प्रधानमन्त्री भएका नेतन्याहूमाथि बलिउड निर्माता आनर्नन मिलचनसँग एक लाख डलर उपहार लिएको आरोप पनि लागेको छ ।

जेरुसेलम पोस्टले मिलचनसँग महंगा मदिरा र सिगार समेत लिएको दाबी गरेको छ । प्रहरीले मिलचनमाथि पनि घुस दिएको आरोपमा मुद्दा चलाउनुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया