हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

काठमाडौं – हात्तीको आक्रमणबाट सप्तरी जिल्लामा मंगलबार दुईजना महिलाको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हातीको आक्रमणबाट कन्चनरुप नगरपालिका -५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसीको तटबन्धछेउ घर भएका उनीहरुलाई आज घर नजिकै हात्तीले आक्रमण गरेको थियो । दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो । कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले आरक्षको क्षेत्र रहेको सप्तरी र सुनसरीमा वर्षेनी सर्वसाधारणको ज्यान जाने गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित