अध्यक्ष पुष्पकमल दाहालले भने – पार्टी एकता आजै टुंगिन्छ

काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता सकेसम्म आजै टुंग्याउने बताउनुभएको छ ।

जनयुद्ध दिवसको सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष दाहालले वाम एकता सकेसम्म आजै टुंगिने र आफूहरु त्यसको अन्तिम प्रयासमा लागेको बताउनुभएको हो । उहाँले भन्न्भयो, ‘ओली जीले देशको सामाजिक तथा राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका स्वीकार गर्नुभएको छ । मैले पार्टी एकता आजै टुंग्याउन पाए भोलि परेको जनयुद्ध दिवसमा माओवादी जनयुद्धमा लागेका सबै खुशी हुने बताएको छु ।’

जनयुद्धका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि मूलधारमा आउन आग्रह गर्नुभयो । ‘तपाईंहरु अझै पनि दिवास्वप्न देखेर नबस्नुस् । जनतासँग भागेर क्रान्ति सफल हुँदैन, समाजवाद आउँदैन,’ उहाँले भन्नुभयो । कार्यक्रमपछि दाहाल चितवन जाने र फर्केर आजै ३ बजे ओलीसँग वार्ता गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित