अन्तर्राष्ट्रिय स्पेस स्टेशनलाई आर्थिक सहायता रोक्ने ट्रम्पको तयारी

काठमाडौं – अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएस लाई दिँदै आएको आर्थिक सहायता रोक्ने तयारी गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प स्टेशनलाई दिँदै आएको सहायता रोकी सन् २०२५ सम्ममा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने योजनामा रहेको बीबीसीले उल्लेख गरेको छ ।  त्यसबापत आईएससलाई व्यवसायीक रुपमा विकास गर्न मद्दत गर्ने उद्देश्यले १५ करोड डलर बराबरको कार्यक्रम ल्याइएको छ ।

सन् २०१९ को बजेट प्रस्तावमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन र नासा अन्तरिक्ष कार्यक्रमबारे खुलाइएको छ । राष्ट्रपति ट्रम्पले नासाको खर्च आगामी बर्ष ३ प्रतिशतले बढाउने तयारी गराउनुभएको छ । स्पेस स्टेशन सन् २०२४ देखि सञ्चालनमा आउनेछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित