एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी जेल चलान

काठमाडौं – लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । १ वर्षअघिको चरेस तस्करी मुद्दामा उनलाई महानगरीय प्रहरी कार्यालय, रानीपाखेरीले गत बिहिबार पक्राउ गरेको थियो ।

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता खुलेको थियो । उक्त चरेस लारीले पठाएको अनुसन्धानमा खुलेपछि प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित