शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं–हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड अन्तर्गत संचालित सामसुङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा जुनसुकै ब्रान्डका पुरानो मोवाइलसँग सामसुङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।
हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका सात वटा सामसुङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ ।
यस्तो किसिमको कार्निभलले पुराना मोबाइल साट्नु पर्ने अबस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अबसर जुराई दिएको मेलामा एक्सचेञ्ज गर्न आएका ग्राहकले बताएका छन् ।
यस्ता किसिमका अबसर ग्राहक महानुभावलाई उपलब्ध गराउँदै जाने हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले बताउनुभयो ।
गोल्छाले भन्नुभयो–यो एउटा यस्तो अवसर हो, कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुने छ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।
मेला सामसुङ्ग प्लाजा, दरवारमार्ग, सामसुङ्ग प्लाजा, नयाँ बजार, सामसुङ्ग प्लाजा, चुच्चेपाटी र सामसङ्ग प्लाजा, कुपोन्डोलमा सञ्चालन भैरहेकामे छ ।

तपाईको प्रतिक्रिया