बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – पछिल्लो समयमा चर्चामा रहेका गायक सूर्यबिरही साउँद र रश्मी रिजालको स्वरमा रहेको ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो चर्चामा रहेको छ ।

‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरि पहिलो पटक तयार पारिएको फरक शैलीको डेउडा फ्यूजन डान्सिङ गीत भएको गायक सूर्य विरहिले बताए । सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाईलो गरी खेल खेल्ने चलन छ सोहि परिवेसमा आधारित भिडियो निर्माण गरिएको छ । काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको सो म्युजिक भिडियो बसिबियालो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा प्रवद्धृन गरेको छ ।

बिक्रम चौहानको निर्देशनमा ‘टालाटुली बाटुली नाच मेरी पुतली’ म्युजिक भिडियोमा शेर साउँद, करिश्मा ढकाल र करन साउँदले अभिनय रहेको छ । त्यस्तै, बि स्टार फिल्मस कम्पनीले तयार पारेको म्युजिक भिडियोको छाँयांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ । सूर्यबिरही साउँद,तिलक ओली र योगेश बुढाको रचना रहेको गीतमा संगीत सूर्यबिरही साउँदको रहेको छ, भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया