शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – उमेरसंगसंगै मानिसहरुको स्मरणशक्ति पनि कमजोर हुँदैं जान्छ । यहाँसम्म कि आफूले कहाँ सामान राखें भन्ने सम्झन पनि अप्ठेरो हुन्छ ।

यस्तो समस्या छ भने स्मरणशक्ति बढाउने खानेकुरा खानुपर्ने हुन्छ । मष्तिष्क हाम्रो शरीरको त्यस्तो अंग हो, जसको संकेतविना कुनै पनि अंगले काम गर्न सक्दैनन् । तर कतिपय बेला बढ्दो उमेरसंगै गलत बानी तथा आवश्यक पोषक तत्वको कमीका कारण पनि स्मरणशक्ति कमजोर हुन्छ ।

ओखर :  ओखरमा ओमेगा ३ फ्याटी एसिड सबैभन्दा बढी पाइछ । ओमेगा ३ का कारण मष्तिष्कको न्यूरोट्रान्समिसन अर्थात् कोशिकाबीच सूचना आदानप्रदान निकै राम्रोसंग हुन्छ । यसैले ओखरको नियमित सेवनले  दिमाग तेज बनाउछ ।

साल्मोन माछा :  मानिसको मष्तिष्कको करिब ६० प्रतिशत भाग बोसोबाट बनेको हुन्छ । यसको अर्थ, मष्तिष्क ठीकसंग सन्चालन गर्न लगातार फ्याटी एसिड जरुरी हुन्छ । साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो ।  चिकित्सकहरुले पनि साल्मोन माछा खान  सल्लाह दिन्छन् ।

गोलभेंडा : एन्टीअक्सिडेन्ट तथा लाइकोपेनको निकै राम्रो स्रोत भएका कारण गोलभेंडाले मष्तिष्कको शक्ति बढाउन महत्वपूर्ण भूमिका निभाउँछ । दिनहुँ गोलभेंडा खानाले फ्रि रेडिकलको समस्या पनि हटाउछ । यसको सेवन तरकारी तथा सलादको रुपमा गर्न सकिन्छ ।

ग्रीन टी : ग्रीन टी एन्टीअक्सिडेन्टयुक्त हुन्छ, जसले स्मरणशक्तिलाई बढाउन मद्धत गर्छ । यसमा पोलिफिनोल नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउँछ । दिनमा कम्तीमा दुई कप ग्रीन टी पिउनु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया