भारतीय सैनिक क्याम्पमा हमला, दुईजना सैनिक मारिए

काठमाडाैं – सुजुवान सैनिक क्याम्पमा भएको आक्रमणमा परी दुई जुनियर कमिसन्ड अफिसर मारिएका छन् भने ६ जना घाइते भएका छन् । अाज बिहानै सैनिक क्याम्पमा सशस्त्र हतियारधारीले आक्रमण गरेको संसदीय व्यवस्था मन्त्री अब्दुल रहेमान वीरले जानकारी दिए ।

सुवेदार मदन लाल र सुवेदार एम असरफ मिरको हमलामा परी मृत्यु भएको छ । जम्मु र कास्मिरको संसदमा जानकारी गराएका हुन् । एकजना कर्नेल तहका अधिकृत, हवल्दार अब्दुल हामिद, लेस नायक बहादुर सिंह र सुवेदार चौधरीकी छोरी घाइते रहेको उनले बताए । अधिकारीहरुले आक्रमण जैस ए महोम्मद नामक सशस्त्र समूहले गरेको हो। सैनिक क्याम्पको पछाडिबाट आएका सशस्त्र समूहले सेनाका परिवारको क्वार्टरतिरबाट आक्रमण गरेका थिए ।

बिहान करिब ४:५५ बजे संकास्पद गतिविधि सुरु भएको र केही बेरमा नै गोली चल्न थालेको बताइएको छ । आक्रमणमा आएका सशस्त्र समुहका लडाकुको संख्या भने यकिन छैन । गृह मन्त्री राजनाथ सिंहले घटनाबारे जानकारी लिएका छन् । घटनालगत्तै त्यहाँ सेनाको संख्या बढाइएको छ भने आतंकवादीको खोजी सुरु गरिएको छ। प्रशासनले त्यहाँका विद्यालय क्षेत्रलाई नियन्त्रणमा लिएको छ । सन् २०१३ फेब्रअरी ९ मा मृत्युदण्ड पाएका अफजल गुरुको स्मृतिमा जैस ए महोम्मदले आक्रमण गर्न सक्ने गुप्तचरले पहिले नै जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित