प्यारिसमा भारी हिमपातः प्रसिद्ध आइफल टावर बन्द रहने

काठमाडाैं – भीषण हिमपातका कारण प्यारिसस्थित प्रसिद्ध आइफल टावर आइतवारसम्म बन्द रहने भएको छ । आइफल टावरमा बर्सेनि ६० लाख पर्यटकहरू पुग्ने गर्छन् । प्यारिसको द्योतकका रूपमा रहेको आइफल टावर गत मंगलवारदेखि हिमपातका कारण बन्द रहेको छ । चिप्लिन सक्ने जोखिम रहेको भन्दै अहिले आइफल टावर चढ्नु पर्यटकहरूका लागि खतरनाक भएको अधिकारीहरूले बताएका छन् ।

के फ्रान्समा मक्खनको संकट भएको हो?

फ्रान्सको राष्ट्रिय दिवसमा ट्रम्प सहभागी 

‘अभूतपूर्व’
प्यारिस सीटी हलका अनुसार ‘सन् १९८७ यताकै अभूतपूर्व’ स्तरमा हिमपात भएको छ । उसले २४ घण्टाभित्र १२ सेन्टिमिटरसम्म हिमपात भएको जनाएको छ । भारी हिमपातले उत्तरी फ्रान्समा यो हप्ता ठूलो अवरोध सिर्जना गरेको छ ।प्यारिसआइफल टावरका प्लेटफर्म र भर्‍याङ्गहरू हिउँले भरिएका छन्, जसका कारण पर्यटकहरूलाई आउजाउ गर्न कठिनाइ भएको छ । आइफल टावर निर्माणमा प्रयोग गरिएका फलाममा क्षति पुग्न सक्ने र ‘लिफ्ट’को घिर्नीको कापमा फोहर बस्न सक्ने भएकोले उक्त टावरमा हिउँ पगाल्ने सामान्य तरिका अपनाउन नसकिने अधिकारीहरूले बताएका छन् । ठूलो हिमपातका कारण अधिकारीहरूले सामान बोकेका गह्रुँगा सवारीसाधन गुडाउन रोक लगाएका छन् । –बीबीसी 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित