बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो- क्योदाइ रेमिट्यान्स तथा आइएमइले सन्चालन गरिरहेको बोनस पोइन्ट योजना अन्तर्गत जनवरी महिना २०१८ को लक्की ड्र सन्चालन गरिएको छ ।

क्योदाइ आइएमइले आफ्ना सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गर्ने गरेको छ र २० वा २० पोइन्ट भन्दा माथि बोनस पोइन्ट हुनेसेवाग्राहीहरु लाई ४ समुहमा बिभाजन गरेर मासिक रुपमा समुहगत लक्की ड्रहरु सन्चालन गर्दै आइरहेको छ । यो योजना २० सेप्टेम्बर २०१७ देखी ३१ मार्च २०१८ सम्म लागु रहने कम्पनीले जनाएको छ । योजना शुरु भए यता ६ जनाले ल्याप्टप, २० जनाले हेडफोन तथा ८ जनाले ट्याबलेट प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

योजना मुताबिक जनवरी महिनामा कारोबार गर्नु हुने समुह १ (बोनस पोइन्ट २० देखी ३९ पोइन्ट सम्म ) र समुह ३ ९ बोनस पोइन्ट ६० देखी ९९ पोइन्ट सम्मका सेवाग्राहीहरु मध्येबाट लक्की ड्र मार्फत बिजेताको छनौट गरिएको थियो ।
समुह १ अन्तर्गतको लक्की ड्र मार्फत ५ भाग्यशाली सेवाग्राहीले वायरलेस हेडफोन तथा १ जनाले ल्यापटप र समुह ३ को लक्की ड्र मार्फत २ जनाले ट्याबलेट प्राप्त गर्नुभएको छ ।

वायरलेस हेडफोन बिजयी सेवाग्राहीहरु कन्ट्रोल नम्बर ९४९६३८६७०१३ का बिमल दराई , कन्ट्रोल नम्बर ९०८०४८३७५२८ का ख्यामराज शाही, कन्ट्रोल नम्बर ९४९६१६४४००३ का रक्षा तिमिल्सीना, कन्ट्रोल नम्बर ९४९६७१४४४०२ का सिता खड्का कन्ट्रोल नम्बर ९०८०१३२०८७५ का अर्याल बालकृष्ण रहेका छन् ।
त्यसैगरी ट्याबलेट बिजयी सेवाग्राहीहरुमा कन्ट्रोल नम्बर ९४९६१६०६२९४ का तेज बहादुर घिमिरे , कन्ट्रोल नम्बर ९४९६६२८५३५० का जयराम खड्का छन् ।ल्यापटप बिजेताहरुमा कन्ट्रोल नम्बर ९०८०७८३१६६८ का कल्पना लामा रहेकी छन् ।नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी ुआइएमइु क्योदाइ रेमिट्यान्सको नेपालका लागि भुक्तानी पार्टनरको रुपमा  रहेको छ ।

 

तपाईको प्रतिक्रिया