मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित छोटो चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ ।

सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको रुपमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन् ।

सामाजिक सुरक्षा भत्ताको सही सदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दिएको छ । केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् ।  चलचित्रमा दीपा र  दीपकसँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

युटुयुबमा समेत राखिएको सो चलचित्रमा झण्डै १ लाख भ्यूज पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया