बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं –  बुधवार सात फेब्रुअरीदेखि भ्यालेन्टाइन सप्ताह सुरु भइसकेको छ । पहिलो दिनलाई रोज डे भनिन्छ भने दोस्रो दिन प्रपोज डे हो । यसपाली यो दिन बिहीबार परेको छ । यस दिन प्रेम गर्नेहरू प्रेम प्रस्ताव राख्दछन् र सँगै जिउने मर्ने वाचा गर्दछन्।

ज्योतिषशास्त्रमा पनि मानिसहरूको राशि अनुसार स्वभाव हुने भएकाले आफूले चाहेको व्यक्तिलाई उसको राशि अनुसार स्वभाव बुझेर प्रेम प्रस्ताव राखेको खण्डमा सफलता मिल्न सक्छ ।

मेष राशि

यस राशिका जातक स्वाभिमानी प्रकृतिका हुने भएकाले त्यस्ता व्यक्तिसामु हृदय खोलेर आफ्ना विचार राख्नुस । तर उनीहरूको अहंलाई चोट पुग्ने काम चाहिँ गर्नु भएन ।

वृष राशि

वृष राशिमा जन्मेका मानिस भौतिकवादी हुन्छन् । उनीहरू सबै कुराको अपेक्षा गर्दछन् र पनि उनीहरू सदैव गुणवत्ता खोज्दछन् । मात्रात्मक भन्दा गुणात्मक प्रेम उनीहरूको रोजाइ हुन्छ ।

मिथुन राशि

मिथुन राशिका जातक शांत स्वभावका हुन्छन् । साथै यिनीहरू हरेक समय ऊर्जावान र रोमांचक पनि हुन्छन् । यस्ता मानिसहरूसँग साहसिक स्थानहरूमा प्रेम प्रस्ताव राख्दा सफलता मिल्न सक्छ।

कर्क राशि

कर्क राशिका मानिस भावुक प्रकृतिका हुन्छन् । यिनीहरू अतीत प्रेमी पनि हुने भएकाले पुराना सम्झनाहरू समेटिएको कुनै उपहार सहित प्रेम प्रस्ताव राख्नु राम्रो हुन्छ ।

सिंह राशि

सिंह राशि भएकाहरू मूडी स्वभावके हुन्छन् । यिनीहरूलाई फकाउन त्यति सहज हुन्न । यिनीहरूको मूड सपार्न कुनै ठूलो र विचित्र आयोजन नै गर्नु पर्ने हुन सक्छ । त्यसैले स्पेसल डिनर आदिको व्यव्यस्था गरेर प्रस्ताव राख्दा राम्रो ।

कन्या राशि

कन्या राशिका जातक कुनै पनि कुरा झट्टै मन पराइहाल्दैनन् । उनीहरू हरेक कुरालाई खूब विचार गरेर मात्र मन पराउँछन् । तर राम्रो शुभकामना कार्ड उपहार दिएर यिनीहरूको पनि मन जित्न सकिन्छ ।

तुला राशि

तुला राशि भएका मानिसहरूसँग प्रेम ओरस्ताव राख्दा उनीहरू प्रति साथ र विश्वास प्रदर्शित गर्नु आवश्यक छ किन भने यिनीहरू कुनै पनि सम्बन्ध सधैँका लागि बनोस भन्ने चाहन्छन् ।

वृश्चिक राशि

वृश्चिक राशिमा जन्मेकाहरू हतार हतार गरेको काम मन पराउन्नन् । त्यसैले यिनीहरूसँग प्रेम प्रस्ताव राख्दा धैर्य आवश्यक छ । खूबै विचार पुऱ्याएर उनीहरूको मन्नपरेको उपहारका साथ प्रस्ताव राख्नु बेस होला ।

धनु राशि

धनु राशि हुनेहरूलाई रोमांटिक डेटमा लगेर प्रपोज गर्न सकिन्छ । यिनीहरूलाई रोमांचकता मन पर्छ ।

मकर राशि

मकर राशिका जन्मेकाहरूको विश्वास जित्न गाह्रो हुन्छ । त्यसैले उनीहरूसँग प्रेम प्रस्ताव राख्नु पूर्व विश्वास जित्ने कोसिस गर्नु पर्छ ।

कुम्भ राशि

कुम्भ राशिका जातकहरूलाई बुझ्न गाह्रो छ । उनीहरू मनकोकुरा त्यत्तिकै खोल्दैनन् । तसर्थ प्रस्ताव राख्नु पहिले उनीहरूलाई राम्ररी बुझ्ने कोसिस गर्नु राम्रो ।

मीन राशि

मीन राशिका मानिस भावनात्मक रूपले कमजोर हुन्छन् । उनीहरूलाई रोमांटिक संगीतसँगै क्याण्डल लाइट डिनरको आयोजन गरेर प्रपोज गर्न सकिएला ।

तपाईको प्रतिक्रिया