बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं -कोका–कोला मोःमोत्सव एउटा बार्षिक अभियान हो , जसमा उपभोक्ताले चिसो कोका–कोलासँग स्वादिलो मःमको मज्जा लिन सक्छन् । यो कोका–कोला मोःमोत्सवको तेस्रो वर्ष हो । जुन उपत्यका लगायत नेपालभर रहेका मुख्य–मुख्य शहरका बिभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भइरहेको छ । नायिका प्रियांका कार्कीले काठमाडौं भित्रका बिभिन्न आउटलेटहरुमा भ्रमण गरेर यो उत्सवमा नयाँ तरङ पैदा गरिन । प्रियांका गत तीन वर्षदेखि यो उत्सवमा संलग्न छिन् , जहाँ उनीले बिभिन्न प्रकारका मःम र कोका–कोलाको कम्बोको मज्जा आफ्ना सुभचिन्तक र सुभेच्छुकसँग लिदै आएकी छिन् ।
गत वर्ष जस्तै यस वर्ष पनि प्रियांकाले उपत्यकामा रहेका बिभिन्न आउटलेटमा गएर आफ्ना फ्यान र आउटलेट संचालकसँग बसेर रमाइलो गरिरहेकी छिन् ।
प्रियांकालाई देखेर आउटलेट संचालक तथा उनका फ्यानहरु निकै हर्षित देखिएका छन् । यो उत्सवलाई अझैं रमाईलो बनाउन प्रियांकाले आफना परिवार र साथीहरुलाई पनि विभिन्न आउटलेटमा लगिन् । प्रियांकाकी आमा र सानीआमा पनि उनिको यस अभियानमा शहरभरी मःम र कोका–कोलाको स्वाद लिन साथ दिनु भयो ।
प्रियांका कार्कीले भनिन् ‘कोका–कोला मोःमोत्सव निकै ठुलो उत्सव भइसकेको छ । जसले मःम र कोका–कोलाको एकसाथ मज्जा लिने अबसर जुराई दिएको छ । यस वर्ष मःमको निकै धेरै परिकारहरु आएका रहेछन् । छोइला मःम, तन्दुरी मःम जस्ता परिकार बनेका रहेछन् । यसअघि मैले कहिल्यै नखाएको पोट्याटो मःम र चिज मःम जस्ता मःमको परिकार चाख्ने मौका यो मोःमोत्सवले जुराएको छ । काठमाडौंको चिसोमा तात्तातो स्टीम मःम खानुको मज्जा बेग्लै छ । त्यसमा पनि आफ्ना सर्मथक, सुभेच्छुक र कोका–कोलाको साथ भएपछि के चाहियो । यो क्षण निकै रमाइलो र अविस्मरणीय रहेको छ । यसलाई म सधँै याद गर्ने छु ।’
कोकाकोला मोःमोत्सव एउटा चार्डको रुपमा विकास भइसकेको छ । जहाँ सेलिब्रेटी र उनका प्रसंसकको भेट भएर कोका–कोला र मःमको साथमा एक आपसमा खुसि साटासाट गर्ने मौका पाई रहेका छन् साथै आउटलेट संचालकले पनि सेलिब्रेटीहरुको साथमा रमाइलो गर्ने र ग्रुप फोटो तथा सेल्फी लिने मौका पाएका छन् ।
यो मोःमत्सव काठमाडौं उपत्यका बिभिन्न रेष्टुरेन्ट लगायत पोखरा, चितवन, धरान, इटहरी र बिराटनगर लगायत शहरका बिभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया