शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सामसङले नेपाली बजारमा जेटू फोर जी एडिसन मोबाइल फोन ल्याएको छ । उच्चतम मनोरञ्जनको लागि फोर जी सुविधायुक्त ग्यालेक्सी स्मार्ट फोन ल्याएको सामसङले जनाएको छ । यो फोनमा पावर प्याक सहित सूपर एमोलिड डिस्प्ले रहेको पनि सामसुङले जनाएको छ ।

यस्ता छन जेटू फोर जी एडिसन मोबाइल फोनका विशेषता

उत्कृष्ट डिस्प्ले

सामसङ ग्यालेक्सी जेटू फोर जी मा ४.७ इन्चको क्वि एच डि स्क्रिन रहेको छ । यो फोनमा सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनियसमा भएको ठूलो स्क्रिन रहेको सामसङले जनाएको छ ।

परिस्कृत इमेजिङ्ग क्षमता

यसमा ५ मोगापिक्सलको रियर क्यामरा र २ मेगा पिक्सलको फ्रन्ट क्यामराले रहेको छ ।

उच्च कार्य क्षमता

सामसङ ग्यालेक्सी जेटू फोर जी फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि र्‍याम रहेको छ ।

आकर्षक डिजाइन

८.४ एमएमको, ग्यालेक्सी जेटू फोर जी फोन गोलाकार किनाराको रहेको छ । यो फोन, गोल्ड र व्ल्याक करलमा उपलब्ध रहेको छ ।

मूल्य तथा उपलब्धता

सामसङको नयाँ जेटू फोर जी फोन नेपाली ११ हजार २ सय ९० रुपैयाँमा किन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया