बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – ‘ठमेल बजार’ फेम नृत्यांगना एलिसा राई एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त छिन् ।

सर्ट मुभी हुँदै म्युजिक भिडियोमा छाएकी एलिसा ‘लुट-२’को गीतबाट हिट भइन् । त्यसपछि उनले विश्राम पाएकी छैनन् । अहिले गायिका सरु राई सरस्वतीले उनलाई छमछमी नचाएकी छिन् । सरुको गीत ‘झ्याई झ्याई झ्याई’ गीतमा एलिसाले कम्मर मर्काएकी हुन् ।

‘झ्याई झ्याई झ्याई’को भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर मात्र होइन, शब्द र संगीत पनि उनै सरुको हो । संगीत संयोजन भने प्रदीप जोशीले गरेका छन् । यो डान्सिङ नम्बरमा एलिसा र निराजन प्रधानको नृत्य छ । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।

  1. भिडियो हेर्न यहाँ क्लिक गर्नुहोुस्  https://www.youtube.com/watch?v=qtLb90TaF6M

 

 

तपाईको प्रतिक्रिया