बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – नेपाल टेलिकमले चौधौँ वार्षिक उत्सवको अवसरमा सेवाग्राहीलाई प्‍याकेज तथा छुटको व्‍यवस्था गरेको छ । अाज केन्द्रीय कार्यालयमा वार्षिक उत्सव मनाउँदै टेलिकमले एडीएसएल सेवाको स्पीडलाई माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्‍तति गर्ने भएको हो ।

यस्तै क्रस बण्डलिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडिएमएमा डाटा बोनस उपलब्‍ध गराउनेछ । जीएसएम र सीडिएमए पोस्टपेड ग्राहकका लागि मात्र नभई प्रिपेडका ग्राहकलाई पनि समावेश गरिने जनाएको छ । यस्तै जीएसएम सेवातर्फ माघ २३ देखि तीन दिनका लागि अनलिमिटेड नाइट भ्वाइस प्‍यााकमा राति १० देखि बिहान ६सम्‍म ३५ रुपैयाँमै रातभरि कुरा गर्न सकिनेछ ।

त्यस्तै ५० रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड अल टाइम डाटा प्‍याक सुबिधा उपलब्ध गराइएको छ भने १५ रुपैयाँमा अनलिमिटेड नाइट डाटा प्‍याकेज राति १० देखि ६ बजेसम्‍म चलाउन सकिनेछ । यो सेवा माघ २३ गतेदेखि फागुन ८ गतेसम्म उपलब्ध हुनेछ । टेलिकमले माघ २३ देखि २९ सम्‍म पचास, सय र दुई सयको रिचार्जमा १० प्रतिशत बोनस, ५ सय र हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिने जनाएको छ ।

पीएटीएन सेवाग्राहीको लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकममा छुटका साथै माई २५ देखि वैशाख २५ सम्‍मको अवधिमा भारतमा कल गर्न २.२२ पैसा देखि २.२३ पैसा प्रतिमिनेट सम्‍मका प्‍याकेज उपलब्‍ध टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया