बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – अमेरिकाका दुवै सदनले संघीय निकायमा सरकारी कामकाज सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै गत शुक्रबारदेखि ठप्प भएको सरकारी कामकाज पुन: सुरु हुने भएको छ ।

डेमोक्रेट सांसदहरुले फ्रेबुअरी ८ सम्मका लागि सरकारी निकायलाई खर्च बजेट प्रदान गर्ने अस्थायी विद्येयकमा सहमती जनाएसँगै सरकारी कामकाज पुन: सुरु गर्न बाटो खुलेको हो । डेमोक्रेटहरुले अस्थायी विद्येयकका लागि सहमती जनाएसँगै तल्लो र माथिल्लो सदबाट सो विधेयक पारित भएको छ । माथिल्लो सदनमा भएको मतदानमा विधेयकको पक्षमा ८१ र विपक्षमा १८ मत खसेको थियो ।

यस्तै, तल्लो सदनमा विधेयकको पक्षमा २ सय ६६ र विपक्षमा १ सय ५० मत खसेको थियो । यो विधेयक पारित गर्न सघाउ पुर्‍याएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको पालामा ल्याइएका आप्रवासनसम्बनधी नीति लगायत केही कार्यक्रममा पूनरावलोकन गनेृ अपेक्षा गरेको डेमोक्रेट सिनेटरहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया