बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई विस्तृत जानकारी गराएको छ ।

निर्वाचन आयोगले आज आयोगकै केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणनाका विषयमा विस्तृत जानकारी गराएको हो । त्यस क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सहयोग गर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

उहाँले मतदाताहरुलाई मतदान गर्ने विधिबारे पनि दीक्षित गराउन सबै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिता उलंघन गर्ने उम्मेदवार, सम्बन्धित दललाई कडा कारबाही हुने चेतावनी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउने दायित्व राजनीतिक दलहरुको रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

आगामी माघ २४ गते बुधबार राष्ट्रियसभा निर्वाचनको मतदान हुँदैछ । मतदान कार्य २ दिनभित्र सम्पन्न गरिसक्ने निर्वाचन आयोगको योजना छ । प्रमुख निर्वाचन आयुक्त यादवले एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया