बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो-जापानको हृयोगो केन कोबे शहरमा एक नेपाली युवाले १९ वर्षीय एक कलेजकी विद्यार्थीमाथि छुरा प्रहार गरेको समाचार जापानी संचार माध्यमहरूले प्रकाशित गरेको छ ।
छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय नेपाली युवा किशोर स्याङतान रहेको बताइएको छ ।

स्याङतानले गए राती १२ः ३० बजे बीच सडकमै किशोरीमाथि पेटमा छुरा प्रहार गरेका थिए । युवती स्याङतानको पूर्व प्रेमिका रहेको खुलासा भएको छ । उक्त युवती गम्भीर घाइते भएपनि चिन्ताजनक अवस्थामा भने नरहेको समाचारमा उल्लेख छ ।
प्रहरीको अनुसन्धानको क्रममा पक्राउ परेका स्याङतानले उक्त युवती आफ्नो पूर्व प्रेमिका भएको र आफूलाई धोका दिएकोले रिस उठी उनीमाथि छुरा प्रहार गरेको स्वीकारेका छन् । ***

तपाईको प्रतिक्रिया