शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीले लिभरपुललाई हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले लिभरपूललाई १-० ले हराएको हो ।

स्वान्सी सिटीका अल्फी मसनले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै स्वान्सी सिटीले रेलीगेशनबाट जोगिने सम्भावना जिवित राखेको छ ।

तालिकाको पुछारमा रहेको स्वान्सी सिटीको २० अंक छ । समान २० अंक जोडेको वेष्ट ब्रोम १९ औं स्थानमा रहँदा १८ औं स्थानको साउथह्याम्पटनको २२ अंक छ ।

गएरातिको हारपछि लिभरपुलले भने तालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

लिग तालिकामा ६५ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा ५३ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।

यसैगरी ५० अंकका साथ चेल्सी तेस्रो तथा ४७ अंकसहित लिभरपुल चौथो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया