शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो–ब्यालेस्टिक मिसाइलको आक्रमणबाट बच्नको तयारीका लागि मध्यवर्ती टोकियोमा सोमबार एन्टी–मिसाइल आक्रमणकोे अभ्यास गरिएको छ ।
उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल आक्रमणबाट के कसरी सुरक्षित रहने भन्ने बारेमा सुसूचित गराउनका लागि केन्द्रीय सरकार र टोकियो महानगरीय सरकारको संयुक्त आयोजनामा टोकियोमा पहिलो पटक भएको यस अभ्यासमा सयौं नागरिकको सहभागिता रहेको एनएचकेको समाचारमा उल्लेख गरिएको छ ।
यो अभ्यास भूमिगत रेल स्टेशन, मनोरञ्जन पार्क, विभिन्न वडा कार्यालयहरु लगाएतका ठाउँहरुमा गरिएको थियो । सहभागीहरुलाई जे–अर्लट प्रणालीको माध्यमबाट मिसाइल प्रक्षेपणको सूचनाको जानकारी हुने बारेमा केन्द्रीत गरि अभ्यास गराइएको थियो । जे–अर्लट प्रणाली जापानमा देशव्यापी रुपमा रहेको आपतकालिन सूचना प्रणाली हो ।
तिव्र गतिको मिसाइल टाकियोसम्ममा पुग्न लाग्ने समयलाई ध्यानमा राखेर सो अभ्यास करिव १० मिनेटसम्म गरिएको थियो ।

तपाईको प्रतिक्रिया