शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।

खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३२ जना महिला छन् । दुताबासका अनुसार यस अवधीमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९ संयुक्त अरब इमिरेट्समा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक÷एक नेपाली कामदारको मृत्यु भएको छ ।

आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ । –

तपाईको प्रतिक्रिया