शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –हिपको दुखाइले धेरैलाई समस्यामा पारेको हुन्छ । तर, यस्तो दुखाइलाई सामान्य रूपमा लिनु हुँदैन । किनकि, यसले जटिल समस्या पनि सिर्जना गर्न सक्छ । हिप दुखाइलाई बेवास्ता गर्दा खुट्टा गुम्ने तथा एउटा हर नै नचल्नेसमेत हुन्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ :

यसकारण दुख्छ हिप
०  हिपको जोइन्ट (बल एन्ड सर्केट जोइन्ट)मा तरल पदार्थ हुन्छ । जसले बडी मुभमेन्टमा सहयोगी भूमिका खेल्छ । हिपमा कैयौँ प्रकारका लिगामेन्ट पनि हुन्छन् । लिगामेन्टले नै नली र नसालाई परिचालन गर्छ । त्यसैले लिगामेन्टमा देखिएको समस्याले हिपमा असर पुग्छ र दुख्छ ।

०  हिप विभिन्न प्रकृतिका हुन्छन् । एउटा समस्या छोटो समय दुख्ने हुन्छ र अर्को लामो समयसम्म । हिपमा एक प्रकारको तरल पदार्थको थैली हुन्छ र त्यसमा संक्रमण भएको खण्डमा पनि हिपको दुखाइ सहनुपर्ने हुन्छ । हिपको जोर्नी पोइन्ट हड्डीमा बाथरोग हुँदा पनि हिप दुखाइको समस्या झेल्नुपर्ने हुन्छ ।

०  हिपमा हुने चोटपटकका कारण पनि दुखाइबाट ग्रसित हुनुपर्छ । चोटपटकका कारण हिपको हड्डीमा इन्फेक्सन हुन सक्छ र दुखाइ महसुस हुन्छ ।
०  हिपमा हुने नसाका कारण पनि हिप दुखाइको पीडा भोग्नुपर्ने हुन्छ । नसामा हुने चोटपटकले मांसपेशीमा दबाब पर्न जान्छ र रगत जम्छ । अनि हिपको दुखाइ हुन्छ ।
०  हिप दुखाइको समयमै उपचार नगरेमा शरीरको एक भाग नै नचल्ने समस्या हुन्छ । यसको समस्या खुट्टासमेत गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

लक्षण
०  एउटा खुट्टाले राम्रोसँग टेक्न नसक्नु वा सामान्य मानिसले पनि खुट्टा खुम्च्याएर हिँड्नु ।
०  शरीरका जोर्नी र कम्मर दुख्ने, कम्मरको गतिमा समस्या उत्पन्न भए पनि यस्तो समस्याको सिकार हुनुपर्छ ।
०  हिँडाइमा बाधा उत्पन्न भएमा, कम्मर सुन्निएमा, सुत्दा अप्ठ्यारो महसुस भएमा र हिपलाई थिच्दा दुखेमा पनि हिप दुखाइको समस्याबाट ग्रसित हुन सकिन्छ ।

कसरी गर्ने पहिचान ?
०  सबैभन्दा पहिला हिप दुखाइको प्रकृति पहिचान गर्न आवश्यक हुन्छ । सामान्य दुखाइ भए औषधिका माध्यमबाट छोटो समयमै निको हुन सक्छ ।
०  एक्सरे, सिटी स्क्यान, एमआरआई गरेर हिप दुखाइको पहिचान गरिन्छ । त्यस्तै, परमाणु औषधि न्युक्लियर मेडिसियनद्वारा हड्डीको एक्सरे गरी हड्डीमा हुने क्यान्सर र ट्युमरबारे पत्ता लगाउन सकिन्छ ।

उपचार विधि
०  दुखाइको समस्या पहिचानपछि शरीरलाई आवश्यक आराम दिनुपर्ने हुन्छ ।
०  यस्तो समस्या भएकाले भारी सामान उठाउने गल्ती गर्नु हुँदैन । बरु दुखेको ठाउँमा आइसले सेक्ने गर्नुपर्छ ।
०  दुखाइ कम गर्ने औषधिको प्रयोग गर्न पनि सकिन्छ । दुखाइ कम गर्नका लागि इन्जेक्सनको सहारा पनि लिन सकिन्छ ।
०  हड्डीमा संक्रमण भएको छ भने एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । जटिल किसिमको हड्डीको बाथ अथवा संक्रमण भएमा हिप रिप्लेसमेन्ट गरेर दुखाइबाट बच्नुपर्ने हुन सक्छ ।

तपाईको प्रतिक्रिया