मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्व र पार्टीका सातै वटा प्रदेशका इञ्चार्जसहितको बैठक सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठन र केन्द्रदेखि प्रदेशसभार्मा एमाले र माओवादी सिट वाडफाड, उम्मेदवार छनोट लगायतका विषमा विस्तृत रुपमा छलफल भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले जनाएको छ ।

पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार राष्ट्रियसभा सदस्यका लागि भागमा परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

स्रोतका अनुसार मंगलबार बस्ने शीर्ष तीन नेता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ बसेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउने बताईएको छ ।

बैठकमा एमालेसँगको पार्टी एकता, पछिल्लो राजनीतिक अवस्था, एकता प्रक्रियाको अवस्था, एकतामा पार्टीको संगठनात्मक र वैचारिक राजनीतिक अडान, नेतृत्व वांडफांड, केन्द्रदेखि वडासम्म कस्ता पार्टी संरचना हुने जस्ता विषयमा गहन छलफल भएको बताइएको छ ।

एमाले र माओवादी पार्टीमा आन्तरिक छलफल, गृहकार्य गरेर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छिट्टै पार्टी एकताका विषयमा वार्ता गर्ने र त्यस लगत्तै संयोजन समितिको बैठक बस्ने तयारी छ ।
राष्ट्रियसभा सदस्यका निर्वाचन आगामी माघ २४ गते हुँदै छ भने बुधबार उम्मेदवारको मनोनय गर्ने कार्यतालिका छ ।***

तपाईको प्रतिक्रिया