शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

सुनसरी – भुटानको ड्रुक युनाइटेड फुटबल क्लबलाई निराश बनाँउदै त्रिुभुवन आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भुटानको ड्रुक युनाइटेडलाई ५ शून्यले हराँउदै आर्मीले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो । पहिलो हाफमा दुई गोलले पछि परेको भुटानको ड्रुक युनाइटेडले दोस्रो हाफमा थप तीन गोल खायो ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक राष्ट्रिय जागृती क्लब र गरिफा स्पोर्टिङ्ग क्लब कोलकोत्ताका बिचमा हुने छ ।

तपाईको प्रतिक्रिया