बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – आज टोकियोमा भारी हिमपात परेकोले यहाँको जनजीवन प्रभावित भएको छ ।
आइतवारदेखि अचानक चिसोको मात्रा बढ्दै गई सोमबार बिहानैदेखि परेको सिमसिमे पानीसंगै  हिऊं पर्न थालेको हो । । हिमपातका कारण सडकमा यातायातका साधन पातलिदैं गएका छन् भने सार्बजनिक यातायातका साधन पनि नियमित चल्न सकेका छैनन् ।
यहाँको मौसमी विज्ञान बिभागका अनुसार हिमपात मंगलबार बिहानसम्म पर्ने पूर्वानुमान गरिएको छ । जापान एअरलाईन्सका अनुसार आजको खराव मौसमका कारण अपरान्हका आन्तरिक तथा बाह्य गरी २० भन्दा बढि उडान रद्द हुँदा करीव ५ हजार भन्दा बढि यात्रु प्रभावित भएका छन् ।
टोकियोको धेरैजसो भागमा परेको हिमपातका कारण राजधानी टोकियोलाई जोड्ने द्रुतमार्गका थुप्रै रेलसेवाहरु सबै चल्न सकेका छैनन् । सँधैजसो अति ब्यस्त रहने इकेबुकुरो, सिन्जुकु, सिबुया, उएनोजस्ता रेलस्टेशनहरु आज अपरान्ह देखि चहलपहल अत्यन्त कम बन्न पुगेको छ । राजमार्गलगायत मुख्य सडकहरुमा गुड्ने सवारीसाधनहरु क्रमशः पातलिदैं गईरहेका छन् । ***

 

तपाईको प्रतिक्रिया