बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – विश्वभर धनी र गरिबबीचको खाडल बढ्दै गएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको अध्ययन प्रतिवेदनअनुसार अत्यधीक धनी र गरिबबीचको खाडल बढ्दै गएको हो ।

प्रतिवेदन अनुसार विश्वभरका १ प्रतिशत धनाढ्य व्यक्तिसँग विश्व सम्पत्तिको करिब ८२ प्रतिशत सम्पत्ति रहेको छ । यसको विपरीत गरिबको अवस्थामा भने कुनै सुधार आएको छैन । कर छली, नीति निर्माणमा ठूला कम्पनीको प्रभाव, कामदारको अधिकार हनन लगायत कारणले यो अवस्था देखा परेको अक्सफामको दाबी छ ।

अक्सफामका प्रमुख कार्यकारी मार्क गोल्ड्रिङले उपलब्ध तथ्यांकका आधारमा प्रतिवेदन तयार पारिएको भन्दै असमानताको यो तह विश्वकै लागि चुनौती भएको बताउनुभयो । –एजेन्सी 

तपाईको प्रतिक्रिया