शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं –  सरकार सञ्चालन सम्बन्धी विद्येयक परित गर्ने बिषयमा अमेरिकी सिनेटमा विवाद जारी रहँदा गतिरोध बढ्दै गएको छ । सो विधेयक पारित नहुँदा २ दिनदेखि सम्पूर्ण सरकारी कामकाज रोकिएका बेला सत्तारुढ रिपब्लिकन र बिपक्षी डेमोक्रेटिक सिनेटरहरु आरोप प्रत्यारोपमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ ।

सो विधेयक पारित गर्नका लागि आईतबार गर्ने भनिएको मतदान समेत स्थानीय समयअनुसार आज साँझसम्मलाई सारिएको छ । सो विधेयक पारित हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीति पूनरावलोकन गर्नुपर्ने डेमोक्रेट्स्को माग छ । रिपब्लिकनले भने संघीय सरकारका सबै सेवा बन्द भएको अवस्थामा कुनै पूर्वशर्त राख्न नहुने बताउदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले सो विधेयक पारित गर्नका लागि सामान्य बहुमतको आह्वान गर्नुभएको छ । १ सय सदस्यीय सभामा सो विधेयक पारित हुनका लागि ६० मत आवश्यक हुन्छ । तर सिनेटमा रिपब्लिकनको ५१ सिट मात्रै रहेकाले उसलाई कम्तिमा डेमोक्रेटिकको ९ मत आवश्यक पर्छ ।

यसअघि गत शुक्रबार भएको मतदानमा विधेयकको पक्षमा ५० मत मात्रै खसेपछि पारित नहुँदा सबै सरकारी कामकाज रोकिएको छ । सत्तारुढ रिपब्लिकनको बहुमत रहेको कंग्रेसबाट विधेयक पाति नभइ सम्पूर्ण सरकारी कामकाज नै रोकिएको अमेरिकी इतिहासमै यो पहिलो पटक भएको बीबीसीले उल्लेख गरेको छ । -एजेन्सी 

तपाईको प्रतिक्रिया