शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।

आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई टेलिफोन गर्नुहुँदै अङग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना दिनुभयो । नयाँ वर्षको शुभकामना दिँदै उहाँले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा शुभकामना पनि दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आफू ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीले भन्नुभएको उहाँले जानकारी दिनुभयो ।

टेलिफोन वार्तामा एमाले अध्यक्ष ओलीले मोदीको प्रस्ताव स्वीकार्दै भारतिय प्रधानमन्त्री मोदीलाई नयाँवर्षको शुभकामना दिँदै नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ ।अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया