बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – उपत्यकासहितका शहरमा खुला रुपमा आगो बाल्न नपाइने भएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले खुला रुपमा आगो बाल्न निषेध गर्ने निर्णयसहितको पत्र काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा पठाएको छ ।

वायु प्रदुषणको प्रमुख कारणमध्ये खुला रुपमा बालिने आगो पनि एक भएकाले खुुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

केहि दिनअघि बसेको विज्ञसहितको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले खुला रुपमा बालिने आगो प्रतिवन्ध लगाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । फोहोरमैला ऐनमा पनि खुला रुपमा आगो बाल्न निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया